beema

कर्जा असुली गर्न भन्दै बीमा कम्पनीहरूलाई समितिले दियाे यस्ताे निर्देशन

काठमाडौं, २ असार । बीमा कम्पनीहरूले अभिकर्तालाई दिएको कर्जा असारभित्रै असुली गर्न बीमा समितिले निर्देशन दिएको छ । यसअघि कर्जा असुली गर्ने मामलामा लचिलो बनेको समिति अब भने तोकिएको समयमै असुली गर्ने निर्णयमा पुगेको हो । समितिले जीवन बीमा कम्पनीलाई अभिकर्ताहरूलाई वितरण गरिएको सम्पूर्ण नगद कर्जा २०७९ असार मसान्तभित्र फरफारक गर्न निर्देशन दिएको छ । तोकिएको समयमा कर्जा असुली गर्न नसक्ने कम्पनीहरूले साे रकम प्रोभिजन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कम्पनीहरूको वित्तीय विवरणमा उठ्न बाँकी रहेको कर्जा… पुरा पढौ

निक्षेप बीमाको सीमा बढ्यो, अब कति ?

काठमाडौं, २३ जेठ । सरकारले निक्षेप बीमाको सीमा बढाएको छ । आगामी साउन महिनादेखि लागू हुने गरी निक्षेप बीमाको सीमा बढाइएको हो । यससँगै हाल कायम भएको ३ लाख रूपैयाँको सीमा बढेर ५ लाख रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाका साना निक्षेपकर्ताको निक्षेपको सुरक्षण गर्नका लागि यस्तो व्यवस्था गरिएको हो । कुनै पनि बैंक वित्तीय संस्थाले निक्षेपकर्ताको भुक्तानी दिन नसक्ने अवस्था आएको खण्डमा भुक्तानी दिनका लागि यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८०… पुरा पढौ

जीवन बीमा कम्पनीहरूले १० महिनामा गरे १ खर्ब १० अर्ब बीमा शुल्क आर्जन

काठमाडौं, १९ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले जारी गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको बित्तीय वितरण अनुसार, कम्पनीहरूले करिब १ खर्ब १० अर्ब ४० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका हुन् । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्युरेन्स रहेकाे छ । कम्पनीले करिब २८ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा… पुरा पढौ

३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको पहुँच

काठमाडौं, १९ जेठ । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.२ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को वैशाखमसान्तसम्ममा ३९.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो । तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या ३ करोड १ लाख ५२ हजार ४९५ जना रहेको समितिले उल्लेख गरेको छ । जसमा एक करोड १७ लाख ९५ हजार ८४० जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक… पुरा पढौ

त्रैमासिक प्रतिवेदन समयमै बुझाउन बीमा कम्पनीलाई बीमा समितिले दियाे यस्ताे निर्देशन

काठमाडौं, १८ जेठ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । मंगलबार जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेशकुमार लालले सो निर्देशन दिएका हुन् । उनले बीमा कम्पनीहरुका परिपालन अधिकृतहरूलाई बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् । निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या… पुरा पढौ

मर्जरको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी थप्न नपाउने

काठमाडौँ, १३ जेठ । मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न नपाउने भएका छन् ।पुँजी वृद्धिको नीति ल्याएर मर्जर तथा प्राप्तिका लागि दबाब सिर्जना गरेको समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको हो । मर्जर तथा प्राप्तिको बाटो रोजेका कम्पनीहरूलाई तत्कालै नयाँ कर्मचारी भर्ना नगर्न आग्रह गरेको उनले जानकारी दिए । उनका अनुसार यी… पुरा पढौ

लाइफ इन्स्युरेन्स कम्पनीले बढाए बीमा शुल्क, कसको कति संकलन ?

काठमाडौं, ८ जेठ । जीवन बीमा कम्पनीहरूले १ खर्ब माथि खुद बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्ष (आव) २०७८/७९को तेस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १ अर्ब २२ करोड ४५ लाख ८२ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको यसै अवधिको तुलनामा कम्पनीहरूको खुद बीमाशुल्क ९.७१ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्मको अवधिमा यी कम्पनीहरूले ९२ अर्ब २६ करोड ४४ लाख ९६ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन… पुरा पढौ

१९ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, ७ वटाको घट्यो

काठमाडौं, ६ जेठ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको नाफामा सामान्य वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूको नाफा घटेपनि सो अवधिमा निर्जीवनको भने कुल नाफा ४ प्रतिशतले बढेको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा  ३० प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको नाफामा सामान्य वृद्धि भएको पाइएको हो । १९ निर्जीवन बीमा कम्पनीहरूले गत साउनदेखि चैतसम्ममा १९ कम्पनीले ३ अर्ब ५८ करोड… पुरा पढौ

पुनर्बीमा कम्पनीको व्यापार खोस्ने सरकारको निर्णय,  हिमालयन रीसँग बराबरी हिस्सा

काठमाडौं, ६ जेठ । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइँदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन रिलाई पनि बाँड्ने निर्णय गरेको हो । हालसम्म सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा व्यवसायको आधा हिस्सा हिमालयन रिलाई दिने निर्णय भएको बीमा समितिले बताएको छ । सरकारले नेपाल पुनर्बीमा कम्पनीमा सबै बीमा कम्पनीहरूले प्रत्यक्ष हिस्साको २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने… पुरा पढौ

३ जीवन बीमा कम्पनीले पाए मर्जरकाे सैद्धान्तिक सहमति

काठमाडौं, ४ जेठ । तीन जीवन बीमा कम्पनीले एकआपसमा मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एकआपसमा मर्जरका लागि मंगलवार सैद्धान्तिक सहमति दिएको हो ।समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम यी तीन जीवन बीमा कम्पनीलाई मर्जरका लागि सहमति दिएको समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । साथै सोही… पुरा पढौ