cit

सगरमाथा जलविद्युत कम्पनीको शेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

काठमाडौं, ४ साउन । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत कम्पनीका तर्फबाट डा भूषण गुरागाईँले हस्ताक्षर गरेका हुन् । सगरमाथा जलविद्युत् कम्पनीको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने बताइएको छ । पुरा पढौ

नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश दिने

काठमाडौं, १२ असार । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ । कोषले आर्थिक वर्ष २०७७/२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । पुरा पढौ