corona

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि,  ६२ जना सङ्क्रमणमुक्त

काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८२८ जनाको पीसीआर तथा १ हजार ५०० जनाको एन्टिजेनसहित ३ हजार ३२८ जनाको परीक्षण गरिएकामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो आँकडासँगै कोरोनाका सक्रिय संक्रमित १ हजार ९८२ तथा कुल संक्रमित ११ लाख २३ हजार १५० पुगेका छन् । सक्रिय संक्रमितमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा तथा १ सय १७ जना संस्थागत आइसोलेसन र… पुरा पढौ

कोरोना बीमाको दाबी भुक्तानीबारे अध्ययन गर्न सरकारले बनायो समिति, कहिले पाउलान् बिमितले भुक्तानी ?

काठमाडौं, २७ जेठ । सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा अर्थमन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख रमेशकुमार केसीको संयोजकत्वमा राजस्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा छन् ।अध्ययन समितिले कोरोना बीमा दाबी भुक्तानीको कार्य प्रगति, स्रोत व्यवस्थापन लगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने समितिले जनाएको छ । समितिले पेश गरेको प्रतिवेदनको आधारमा अर्थमन्त्रालयले रकम… पुरा पढौ

बोण्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टहरूको माग, आगामी बजेटलाई दिए यस्ता सुझाव

काठमाडौं, २६ वैशाख । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोण्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोण्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोण्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक… पुरा पढौ