dollor

नेपाली मुद्रा किन भयाे हालसम्मकै कमजोर ?

काठमाडौं, १५ असार । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए । आज मंगलबार भने एक अमेरिकी डलरको बिक्री मुल्य १२६ रुपैयाँ ०५ पैसा पुगेको छ। अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर : सरकारले स्थापना गर्ने भयो सञ्चित लगानी कोष

काठमाडौं, १ बैशाख । विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारी वा अन्य शिलशिलामा विदेशमा बसेका नेपाली नागरिकहरूमा समेत लगानीको अवसर सिर्जना गर्नका लागि कोष स्थापना गर्ने निर्णय लिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  अर्थमन्त्री शर्माका अनुसार सरकारले स्थापना गर्न लागेको सो कोषमा विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्नेछन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले… पुरा पढौ