fncci

मौद्रिक नीतिप्रति उद्योग वाणिज्य महासंघको टिप्पणी : तरलतामा थप दबाब हुने देखियो

काठमाडौं, १० साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिले आठ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको बताएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको महासङ्घको धारणा छ । विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपायभन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौती गर्नेतर्फ नीति देखिएको र उत्पादनमूलक क्षेत्रमा… पुरा पढौ

एफएनसीसीआई ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम, मुरारका समूहले रासन टेकमा लगानी गर्ने

काठमाडौं, १० असार । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरू गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टार्ट… पुरा पढौ

आयमा कर छुटको सीमा परिमार्जन गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, १४ वैशाख । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आयमा कर छुटको सीमा व्यक्तिको लागि ७ लाख र दम्पतिको लागि ८ लाख बनाउन उद्योग व्यवसायीले माग गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघलले आगामी आव २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा महासंघका राजस्व अनुसन्धान समितिले यस्तो माग गरेको हो । समितिका अध्यक्ष सन्दिप अग्रवालले सरकारले रेमिट्यान्स पठाउनेलाई इन्सेटिभ दिनुपर्ने र पासपोर्ट बनाउदा लाग्ने खर्च घटाउनु पर्ने समेत समितिको माग रहेको बताए । नेपालको खाद्य सुरक्षा र आयात घटाउन गहुँ,… पुरा पढौ

सम्पन्न भयो दरबारमार्ग मेला

काठमाडौं, ५ बैशाख । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरू आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् । कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको छ । महोत्सवमा कलाकारहरूले प्रस्तुती दिन थालेपछि माहौल निकै… पुरा पढौ