grant

मध्यविन्दु नगरपालिकाद्वारा पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

नवलपरासी (बर्दघाट-सुस्तापूर्व), ४ साउन । मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले बताए । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८-७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको र यसमा विद्यालयको लागत पाँच लाख रुपैयाँ मात्र रहेको पाण्डेको भनाइ छ । “हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका… पुरा पढौ