imf

आईएमएफले भन्यो : नेपाल श्रीलंकाको बाटोमा छैन

काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल श्रीलंकाको बाटोमा नरहेको बताएको छ। नेपालको अर्थतन्त्र र विकास साझेदारहरु बलिया रहेकाले नेपाल सहज अवस्थामा रहेको आईएमएफको भनाइ छ। बिहीबार अमेरिकी दूतावासले गरेको ‘व्यापार तथा लगानी सहजीकरण' कार्यशालामा बोल्दै आईएमएफकी नेपाल प्रतिनिधि मारिया टेरेसाले उक्त कुरा बताएकी हुन्। ‘‘नेपाल निकै बलियो अवस्थामा छ। कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतमात्र ऋण छ। यो राम्रो हो। सरकारले ल्याएको वित्तिय नीति तथा मौद्रिक नीति सही दिशातर्फ गइरहेको छ,’ टेरेसाले भनिन्, ‘नेपाललाई विकास साझेदारहरूको महत्वपूर्ण… पुरा पढौ

मौद्रिक नीतिमार्फत आयात निरुत्साहित गर्न राष्ट्र बैंकलाई आईएमएफको सुझाव, ब्याजदर बढाइनुपर्ने

काठमाडौं, २५ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न सुझाव दिएको छ । बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला आईएमएफले यस्तो सुझाव दिएको हो । नेपाललाई उपलब्ध गराएको ऋण सहायता (एक्स्टेन्डेड क्रेडिट फेसिलिटी) को उपयोगिताबारे अध्ययन गर्न रोवर्ट ग्रेगरीको संयोजकत्वमा आएको टोलीले कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धि गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको हो । आयात प्रतिबन्धले मुद्रास्फीति बढ्न गई आर्थिक वृद्धिलाई समेत असर गर्ने… पुरा पढौ