internet

जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं, १९ जेठ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणको कारण देशभर जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेट तथा केवल सेवा प्रदायकले पैसा नतिरेको प्राधिकरणले लाइन काटिदिएपछि इन्टरनेट सेवा प्रदायकहरूले यस्तो चेतावनी दिएका हुन् । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको छ । पोलभाडा विवाद… पुरा पढौ

बजेटले घटाएको करले कति घट्छ इन्टरनेटको मूल्य ?

काठमाडौं, १८ जेठ । सरकारले बजेटमा दूरसञ्चार सेवा शुल्क घटेको घोषणा गरेसँगै इन्टरनेट सेवा प्रदायकहरूले मूल्य सामान्य रूपमा घटाउने भएका छन । यद्यपी सरकारले घटाएको शुल्कले इन्टरनेटको मूल्यमा तात्विक फरक नपर्ने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जनाएको छ । ‘सरकारले गरेको कर परिवर्तनले लगभग १७ रुपैयाँ मात्र कम हुन्छ,’ आइस्पानले भनेको छ, ‘यसले अहिलेको इन्टरनेट मूल्यमा तात्विक फरक पर्ने छैन ।’ अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत दूरसञ्चार सेवा शुल्कमा ३ प्रतिशत घटाएको घोषणा गरेका थिए । जसअनुसार इन्टरनेटमा लाग्दै आएको १३… पुरा पढौ

इन्टरनेट सेवा अवरुद्ध नहुने

काठमाडौं, २१ वैशाख । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा अवरोध नगर्ने भएको छ । सरकारसँगको सहमतिपछि संघले इन्टरनेट सेवा अवरोध नगर्ने संघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति मंगलवार संघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच भएको छ । सरकारले भुक्तानीमा सहजीकरण गर्ने भएपछि इन्टरनेट अवरोध गर्नु नपर्ने अध्यक्ष पराजुलीले बताए । ‘हामीले सरकारसँग सहमति गरेका छौँ, अब इन्टरनेट अवरोध गर्नुपर्ने अवस्था आउँदैन,’ अध्यक्ष पराजुलीले भने । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले… पुरा पढौ

अर्को हप्तादेखि इन्टरनेट बन्द गर्ने सेवा प्रदायकहरूको चेतावनी

काठमाडौं, १८ वैशाख । इन्टरनेट कम्पनीहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघले आगामी हप्तादेखि नेपालमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । भारतबाट खरिद गरेको व्यान्डविथको रकम तिर्न बन्देज गरिएको कारण आगामी दिनमा आयात बन्द हुनसक्ने संघले चेतावनी दिएको हो । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । सरकारले ति कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानीको लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरिएको र गर्न लगाइएको संघले जनाएको छ । अत्यावश्यक… पुरा पढौ