काठमाडौं, १९ वैशाख । पछिल्लो समय उद्योगी व्यवसायीहरू ‘अघोषित लोडशेडिङ’को मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायमा विद्युत कटौती गर्दा उद्योगीहरू मारमा परेका हुन् । कोरोना महामारीपछि तंग्रिदै गएको उद्योग व्यवसाय पछिल्ला दिनहरूमा ‘अघोषित लोडशेडिङ’को मार खेप्नुपर्दा बन्द गर्नुपर्ने अवस्था आएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार, अघोषित रूपमा विद्युत कटौती हुँदा रिलायन्स मिलमा मात्रै एक जनालाई एकदिनमा ५० लाख रुपैयाँको घाटा भइरहेको छ । ‘निरन्तरको लोडशेडिङले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नै छैन, कसरी…
पुरा पढौ