nada

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

काठमाडौं, २ भदौ । आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको नाडा अटोमोबााइल्स एसोसिएसनअफ नेपालले बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । स्टल बुकिङ ५ भदौसम्म खुला हुने एक्स्पो आयोजक समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले एक्स्पोमा सहभागिताका लागि सबैसँग अनुरोध समेत गरेको छ । एक्स्पो ९ असोजसम्म सञ्चालन हुनेछ । पुरा पढौ

नाडा इभी एक्सपो असोजमा

काठमाडौं, २७ साउन । नाडा इभी एक्सपो २०२२ असोज ६ गते शुरू हुने भएको छ । नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको हो । उक्त इभी एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो… पुरा पढौ

सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, २३ असार । नाडाले सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । बुधवार नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटेरै यस्तो माग गरेको हो । छलफलमा आयातमा लगाइएको प्रतिबन्ध हटाउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको नाडाले जनाएको छ । प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरूले अब नेपालमै विद्युतीय सवारी साधनहरूको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव समेत दिए । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ… पुरा पढौ

निजी गाडीको आयातमा लगाइएको प्रतिबन्ध हटाउन अध्यक्ष थापा सहित नाडाको दौडधूप, कहिले हट्ला प्रतिबन्ध ?

काठमाडौं, ८ असार । निजी सवारीसाधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन नाडा अध्यक्ष ध्रुव थापासहितको टोली दौडधूप गरिरहेका छन् । करिब ३ महिनादेखि निजी गाडीको आयातमा प्रतिबन्ध लागेपछि व्यवसाय नै धरापमा पर्ने चिन्तामा उनीहरू सरकारको ढोका ढकढकाइरहेका छन् । मंगलवार मात्रै पनि नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)का प्रतिनिधि मण्डलले उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूसँग भेटवार्ता गरेका छन । अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग यस्तो माग गरेको हो । सरकारले कार… पुरा पढौ

बजेटमा नाडाको मिश्रित प्रतिक्रिया, यी बुँदामा पुनर्विचार गर्न माग

काठमाडौं, १७ जेठ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)ले बजेटमा मिश्रित प्रतिक्रिया दिएको छ । बजेटमा सरकारले गरेको केही व्यवस्था निकै सराहनीय भनेको नाडाले केही बुँदामा भने पुनर्विचार आवश्यक हुने बताएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडाले केही विषयलाई सकारात्मक भनेको तर केही विषयलाई भने सरकारले पुनर्विचार गर्नेपर्ने बताए । नाडाले सोमवार एक विज्ञप्ति जारी गर्दै सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रीक रिक्सा, मोटरसाइकल र स्कूटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थहरूमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने… पुरा पढौ

नाडा प्रतिनिधिमण्डललाई अर्थमन्त्रीले भने- आयातमा कडाइ केही समयका लागि मात्रै हो, नआत्तिनुस्

काठमाडौं, ५ बैशाख । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारी साधन आयातमा गरिएको कडाई खुकुलो बनाउन माग गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी यस्तो माग गरेको हो ।  अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए ।  उनले भने, 'अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति… पुरा पढौ