nepse

नयाँ टिएमएस राख्न नेप्सेले जारी गर्‍यो कार्यविधि

काठमाडौं, १४ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीको लागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो। कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनु पर्नेछ। दिएको निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिनेछ। नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्नेछ। नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्ने… पुरा पढौ

जेठबाट शुक्रबार पनि हुनेछ सेयर कारोबार

काठमाडौं, २८ वैशाख ।आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म नै सेयर कारोबार हुने भएको छ । हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले यो नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ । नेप्से सञ्चालक समितिले जेठबाट पनि साबिककै समय अर्थात ११ देखि ३ बजेसम्म नै कारोबार गर्ने निर्णय गरेको हो । यसले हाल कारोबार हुादै आएको दिनमा कमी आउने छैन । यसका लागि सिस्टम तयार भइसकेको नेप्सेले जनाएको छ । पुरा पढौ