petrol

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा, लाखौं श्रमिक मारमा परेको गुनासो

काठमाडौं, ७ असार । इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्याधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण… पुरा पढौ

२ दिन सार्वजनिक बिदा दिँदा कति खपत भयो पेट्रोलियम पदार्थ ?

काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबार दिएको बिदा असार १ गतेबाट लागू हुनेगरी नदिने निर्णय गरेको छ । हप्तामा दुइदिन बिदा हुने भएपछि यसका बारेमा आलोचना तथा मिस्रित प्रतिक्रियाहरु आएका थिए । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन दिने भनिएको सो बिदाको निर्णयलाइ उल्ट्याएर साविकको जस्तै शनिबार एक दिने बनाएको हो । इन्धन खपत कम गर्ने भन्दै गएको जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। दुई दिन बिदा दिएपनि इन्धनको खपत… पुरा पढौ

१० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो। ‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२… पुरा पढौ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि न्युनीकरण गर्न सरकारलाई ८ बुँदे सुझाव

काठमाडौं, ११ जेठ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई न्यूनीकरण गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखी मूल्यवृद्धि न्यूनिकरण गर्नका लागि विकल्पहरू अपनाउन आग्रह गरेका हुन् । मञ्चले ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई न्यूनीकरण गर्नका लागि ८ बुँदामा विकल्पहरू समेत दिएको छ । ‘नेपाल सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाइ गतवर्षको शुरुवात देखि नै मूल्य बढाउन थालेको र भर्खरै सम्पन्न स्थानीय तहको… पुरा पढौ

सातामा २ दिन बिदाले कति घट्छ पेट्रोलियम पदार्थको खपत ?

काठमाडौं, २९ वैशाख । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिएसँगै पेट्रोलियम पदार्थको खपत १० प्रतिशतले घट्ने नेपाल आयल निगमले जनाएको छ । सरकारजे जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सूचना राजपत्रमा नै प्रकाशन गरिसकेको छ । २ दिने सार्वजनिक बिदाले डिजेल र पेट्रोलको खपत करिब ७ प्रतिशतदेखि १० प्रतिशतसम्म कम हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुमान गरिएको… पुरा पढौ

बढ्यो व्यापार घाटा, पेट्रोलमा मात्रै बाहिरियो २ खर्ब

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासका लागि मात्र यस अवधिमा १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बाहिरिएको छ । यस अवधिमा सबैभन्दा बढी डिजेल, १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको आयात भएको छ । यस्तै पेट्रोल ४७ अर्ब २३ करोड ९७… पुरा पढौ