sebon

अब ५ अर्बभन्दा धेरैको कारोबार गर्ने कम्पनीले अनिवार्य आईपीओ निष्कासन गर्नुपर्ने

काठमाडौं, १३ साउन । नेपाल धितोपत्र बोर्डले ५ अर्बभन्दा धेरैको कारोबार गर्ने कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन प्रक्रियामा लाने भएको छ। बिहीबार नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले ५ अर्बभन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानूनी प्रक्रिया तयार गर्दै गरेको जानकारी दिए। हमालले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने जानकारी दिए। उनले पूँजी बजारबाट लगानीकर्तालाई हुनसक्ने क्षतिलाई कम गर्न क्षतिपूर्ति… पुरा पढौ

भारतीय पुँजीबजारका उत्कृष्ट अभ्यास अनुकरणीय: सेबोन

काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पदाधिकारी टोली भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेर फर्किएको छ । टोली भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणामा गत असार २७ गतेदेखिचार दिने अध्ययन भ्रमणमा गएको थियो। सेबोन अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा रहेको टोलीले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बीएसई), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केट्स(एनआईएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गरेको सेबोनका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले जानकारी दिए ।  भ्रमणका क्रममा सेबी अध्यक्ष माधवी… पुरा पढौ

धितोपत्र बोर्डले हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र खुला रूपमा हरेक वर्ष वितरण गर्ने भएको छ । हाल सेयर ब्रोकरका लागि परीक्षा लिने अनि मात्र लाइसेन्स दिने व्यवस्था गरिएकोमा बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेर हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ । नियमावलीका अनुसार हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले २ करोड… पुरा पढौ

१० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिँदै धितोपत्र बोर्ड, कुन ब्रोकर कहाँ ?

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीलाई ७ वटा शाखा खोल्न अनुमति दिएको छ भने १० वटा ब्रोकरलाई १५ स्थानमा शाखा खोल्न अनुमति दिने तयारीमा जुटेको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा संचालनका लागि बोर्डले अहिलेसम्म भिजन सेक्युरिटिलाई ४ स्थानमा, अनलाइन सेक्युरिटिजलाई १ स्थानमा, दिपशिला धितोपत्र कारोबार कम्पनीलाई १ ठाँउमा र नेपाल स्टक हाउसलाई २ स्थानमा शाखा खोल्न अनुमति दिएको छ । यस्तै बोर्डले पूर्वाधार तयार गर्न १० वटा ब्रोकरको १५ वटा शाखालाई अनुमति… पुरा पढौ

एक साताभित्र पुँजी बजारका विषयमा सुझाव पठाउन धितोपत्र बोर्डको आग्रह

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि एक साता भित्र सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको छ । बोर्डले असार २० गतेसम्म सल्लाह तथा सुझाव दिन आग्रह गरेको छ । बोर्डले नीति तथा कार्यक्रमका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी गराएको छ । पुरा पढौ

शेयर बजारको सुधार गर्न यस्ता छन् नयाँ बजेटमा धितोपत्र बोर्डले दिएको सुझाव

काठमाडौं, ११ जेठ । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बोर्डले सरकारलाई सुझाव पेश गरेको छ । बोर्डले सरकारलाई दिएको अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर संशोधन गर्ने, विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्था गर्ने लगायत रहेको छ । बोर्डले दिएको सुझावमा धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न १८० दिन भन्दा कम अवधिका लागि गरिने लगानीलाई अल्पकालीन मानी ६.५ प्रतिशत र सो अवधि भन्दा बढी समयका लागि दीर्घकालीन अवधि मानी ४ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्ने रहेको छ… पुरा पढौ