startup

७ नेपाली स्टार्टअपले पाए २४ करोड ५० लाख लगानी

काठमाडौं, १२ असार । सातवटा नेपाली स्टार्टअपले ब्यबसाय विस्तारका लागि एकसाथ झण्डै २४ करोड रुपैयाँ लगानी प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो । प्राप्त ३०० बढी प्रस्तावमध्येबाट अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । यीमध्ये… पुरा पढौ

‘सीएनआईभीईएफ नेपाल स्टार्टअप फेस्ट’ हुँदै

काठमाडौं, १७ जेठ । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स) को प्रवर्द्धनका लागि कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरमले आगामी जुन २५ मा 'सीएनआईभीईएफ नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । होटल सोल्टीमा हुने सो कार्यक्रममा करिब ३ हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी लगायतको सहभागीता रहने अनुमान गरिएको जनाएको छ । नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी फोरमका अध्यक्ष अमुन थापाले जानकारी दिए… पुरा पढौ