सनराइज बैंकका सञ्चालकलाई बालुवाटार बोलाएर राष्ट्र बैंकले थर्कायो !

-



     रेबिका आचार्य    
     श्रावण ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ साउन । सनराइज बैंकका सञ्चालकहरुलाई बालुवाटार बोलाएर नेपाल राष्ट्र बैंकले अनावश्यक विवाद नगर्न चेतावनी दिएको छ । बैंकको सञ्चालक समितिमा केहि दिन यता भएको विवादका समाचारले सञ्चारमाध्यमहरु रंगिएपछि राष्ट्र बैंकले बैंकका सञ्चालकहरुलाई आइतबार बोलाएर अनावश्य विवाद गरे कारबाहीको चेतावनी दिएको हो ।

सञ्चालक समितिका केहि सदस्यहरुले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको बर्खास्तीको माग गरेका थिए । यो कुराको जानकारी राष्ट्र बैंकसम्म पुगेपछि बोलाइएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

पूरा कार्यकाल सीईओ टिकाउन नसक्नुको कारण के हो भनेर राष्ट्र बैंकले प्रश्न राखेको थियो । यो विषयमा बैंकका अध्यक्ष मोतिलाल दुगड, सञ्चालक शैलेन्द्र गुरागाईं नाजावाफ भएको बैठकमा सहभागी एक सञ्चालकले जानकारी दिए । उनका अनुसार केहिबेर सञ्चालकहरु मुखामुख गरेपछि बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख ढकालले धेरै विवाद गर्नु राम्रो कुरा होइन भन्दै सम्झाएका थिए ।

राष्ट्र बैंकका अन्य अधिकारीहरुले पनि सञ्चालकहरुलाई सीईओसँग अनावश्यक विवाद गरेर बैंकिङ क्षेत्रकै बद्नाम गर्न खोजेको भन्दै थर्काएका थिए । करिब एक घण्टा भएको छलफल पछि बैंकमा तत्कालै केहि ठूलो निर्णय नहुने भन्दै सञ्चालकहरु फर्किएका छन् ।

अब भोलि बैंकको बोर्ड बैठक बस्ने बताइएको छ । अब विवाद भएको विषयहरु छलफलबाट समाधान गर्ने बैंकका एक सञ्चालकले बताए । उनले भोलिको बैठकमा विवाद चर्काउने सञ्चालक र सीईओ दुबैले आत्मलोचना गर्ने जानकारी दिए ।

याे पनि पढ्नुहाेस् :

सनराइज बैंकको विवादकाे विषयमा आज राष्ट्र बैंकमा छलफल हुँदै