पत्रकार पौडेलको निधनप्रति दुःख व्यक्त

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



गण्डकी, ३० वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले कोरोना सङ्क्रमणका कारण निधन भएका गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक गणेश पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासंघ कास्कीका तर्फबाट सचिव माधव बरालले आज शोक विज्ञप्ति जारी गर्दै ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा ४१ वर्षको उमेरमा बिहान ५ः३० बजे भएको निधनले महासंघलाई दुःखी बनाएको उल्लेख गरेका छन् ।

दिवङ्गत पौडेलको आत्माको चीर शान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा रहेका र टेलिभिजनकै गण्डकी छड्के कार्यक्रम छायाङ्कनका क्रममा खटिएकै अवस्थामा वैशाख २० गते कोरोना सङ्क्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकाे तर्फबाट महासचिव गोविन्दप्रसाद सुवेदीद्वारा जारी शोक विज्ञप्तिमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गरिएको छ । पोखरा ३३ भरतपोखरीको बागमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र दुई छोरा छन् ।