
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन् ।
पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन् । कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए ।
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन् । महेन्द्रनगरमा रोयल व्यायमाशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन् । शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन् ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका…
काभ्रेपलाञ्चोक, १२ मङ्सिर । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका माझी, पहरी र भुजेल समुदायका अगुवाहरूले अतिसिमान्तकृत आदिवासीको… 



