गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



पाेखरा, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए।