मन्त्रिपरिषद् गठन, दोहोरिए पुरानै मन्त्रीहरु

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथलगत्तै केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् गठन गरेका छन् । उनले २१ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष शपथ ग्रहण गरिसकेका छन्।

यी हुन् मन्त्री बन्न सफल:

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
२‍. रामबहादुर थापा बादल, गृह मन्त्रालय
३. टोपबहादुर रायमाझी, ऊर्जा, जलस्रोत तथा सिँचाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०. भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्मा अर्याल, कृषि
१३. वसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

यी हुन् राज्यमन्त्रीहरु:

१. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२. विमला विक, उद्योग, वाणिज्य तथा आपूर्ति
३. रामवीर मानन्धर, सहरी विकास