
पोखरा, ४ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ।
विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न असम्भव हुने देखिएपछि पोखरा महानगरपालिका शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै महानगरका विद्यालयलाई यसअघि संचालित त्रैमासिक, अर्धवार्षिक र आन्तरिक मूल्यांकनका आधारमा नतिजा निकाल्न भनेको छ ।
महाशाखाका प्रमुख हेमप्रसाद आचार्यद्वारा जारी सूचनामा शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना असार १ देखि सुरु गर्न पनि भनिएको छ । कक्षा ८को वार्षिक परीक्षा भने नगरस्तरीय परीक्षा संचालन तथा समन्वय समितिको निर्णयअनुसार हुने छ ।







ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



