
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको नेतृत्वमा मात्र चुनाव गर्नुपर्छ भन्ने ढिपी छाड्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।
ओलीको नेतृत्वमा चुनावमा जाँदैनौ भन्ने कांग्रेस नेताहरूको भनाइ सुन्दा आफूलाई आश्चर्य लागेको उनको भनाइ छ ।
प्रेस चौतारी नेपालले बालुवाटारमा आइतबार दिउँसो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगीकार गरेर कुँदेजस्तो देखिएको तर्क गरे ।
ओलीले एमालेका केही तत्वलाई उकासेर, केही सही गराएर र केही किर्ते सही गराएर राष्ट्रपतिकोमा हस्ताक्षर बुझाइएको आरोप समेत लगाउन भ्याए ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



