काठमाडाैं, ९ जेठ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी निकट युवा सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सङ्कटको दीर्घकालीन समाधानका लागि निर्वाचनको घोषणा गरिएकामा स्वागत गरेका छन् ।
प्रतिनिधिसभामा दलहरुले संविधानअनुसार अर्काे सरकारको विश्वासिलो दाबी पेश गर्न नसकेपछि यही जेठ ८ गते प्रतिनिधिसभामा विघटन भएको थियो । राष्ट्रिय यूवा सङ्घ नेपालका अध्यक्ष वचनबहादुर सिंह र यूवा सङ्घका अध्यक्ष मुकेश झाले आज संयुक्त वक्तव्य जारी गर्दै यो कदम संविधानलाई सफलतापूर्वक उतार्ने अभ्यासको नमूना भएको उल्लेख गरेका छन्।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन संवैधानिक उपाय मात्र नभएर अराजक दलहरुबाट सिर्जित ‘डेडलक’ अन्त्यको परिस्थितिको उचित निकास दिने वैधानिक बाटो भएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा वर्तमान सरकार संसदलाई गतिशिल अङ्ग, विकासको साधक र समृद्धिको सपना कोरल्ने निकायका रुपमा विकास गर्न चाहेको बताइएको छ ।
वर्तमान सरकारले राजनीतिक, आर्थिक, कुटनीति, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सफलता हासिल गरेको जनाउँदै सरकारले मिचिएको नेपाली भूभागसहितको नक्सा जारी गर्ने, भूकम्पपछिको पुनःनिर्माण, सडक र सुरुङमार्ग र रेलमार्ग निर्माण, कोरोना नियन्त्रणसँगै स्वास्थ्य पूर्वाधारको विकास, सशस्त्र विद्रोह र बिखण्डनकारी बाटोमा रहेको राजनीतिक शक्तिलाई मूलधारमा ल्याएको उल्लेख छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा मुलुक अघि बढेको र सरकारले दुवै छिमेकी मुलुकसँगको दोहोरो हितमा आधारित सुदृढ उच्च सम्बन्धका साथै अन्तराष्ट्रियस्तरमा समेत नेपालको उचाइ दिन सकेको उल्लेख छ ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



