साहित्यकार डा. बानिरा गिरीको निधन

-


     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित


काठमाडौं, १० जेठ । नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा हृदयघातका कारण आइतबार राति गिरीको निधन भएको हो । गिरी ३ वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ।

‘शब्दातीत शान्तन’ ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो । उनका श्रीमान्, एक छोरा र एक छोरी छन् ।