
पोखरा, २१ जेठ । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले कोरोनाका कारण जारी निषेधाज्ञाको कारण जनताको जीवन कस्टकर बन्दै गएको भन्दै उनीहरुलाई खाद्यान्न सहयोग जुटाउन लागि परेका छन् ।
आफ्नो निर्बाचन क्षेत्रमा कोरोना नियन्त्रण र संक्रमित जनताको उपचारमा लागि परेका सांसद पहारीले पोखरा महानगर वडा नं २४ स्थित कास्किकोटका बिपन्न र आर्थिक अबस्था कमजोर भएका जनतालाई सहयोग हस्तान्तरण गरेका हुन । शुक्रबार पहारिको समन्वयमा नमस्ते सामुदायिक प्रतिस्ठान नेपाल र बटरफ्लाई फाउन्डेसनको सहयोगमा ४५ परिवारलाई चामल, तेल, तरकारी, नुन लगायतका रु एक लाख पचास हजार बराबरको खाद्य सामाग्री प्रदान गरिएको हो ।
सो अबसरमा पहारिले कोरोना महामारिका कारण यसको नियन्त्रणका लागि कास्किमा घोषणा गरिएको लकडाउनका कारण श्रमजीवी जनताको जीवन कष्टकर बन्दै गैरहेको बेलामा उनीहरुको दुःखमा सारथी बनेर सहयोगमा जुटेको प्रतिक्रिया दिए । उनले निषेधाज्ञाको पालना गर्दै कोरोना नियन्त्रणमा सहयोगी बन्न आग्रह गरे । उनले अप्ठ्यारो परेमा सिधै सम्पर्क गर्न आग्रह समेत गरे ।
पोखरा महानगर वडा नं २४ का अध्यक्ष ओम सुबेदीले कठिन परिस्थितिमा साथ दिएको भन्दै आभार व्यक्त गरे । सांसद पहारीले पोखरा महानगरपालिका उपमेयर मन्जुदेबी गुरुङ र प्राबिधिकसहित वडामा संचालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण र अनुगमन समेत गरेको उनका स्वकिय सचिब साजन सुबेदिले जानकारी दिएका छन् ।







ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



