नयाँ मन्त्रीहरुको सपथ बेलुकी ८ बजे

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ जेठ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण आजै हुँदैछ । उनीहरुको बेलुकी ८ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण गराउने तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टी नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्न लागेका छन् । उनीहरुलाई मन्त्री नियुक्त गर्ने भएपछि आफ्नै पार्टीका मन्त्रीहरुको हेरफेर गर्न लागिएको छ । एमालेबाट अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री, शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री र रघुवीर महासेठलाई परराष्ट्रमन्त्रीको सपथ खुवाईने भएको छ ।

यसअघि बेलुकी ६ बजे सपथ खुवाईने भनिएकोमा आन्तरिक तालमेल मिलाउनका लागि सपथ ग्रहण कार्यक्रम बेलुकी ८ बजे सारिएको बताईएको छ ।

«