नेपाल पक्षको स्थायी कमिटीको बैठक आज

-



     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आजलाई बोलाइएको छ।

दिउँसो १ बजेका लागि भर्चुअल बैठक बोलाइएको हो। बैठकमा सरकारका कामकारबाहीसँगै समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्। यस्तै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने भन्नेबारेमा छलफल हुनेछ।

नेपाल पक्षले अब नयाँ पार्टी गठन गरेर अघि बढ्ने वा एमालेभित्रै ओलीविरुद्ध संघर्ष गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन।

माधव नेपालले अलग पार्टी बनाउनुपर्ने अडान राख्दै आएपनि उनका सहयात्री प्रभावशाली केही नेताले पार्टी एकतामा जोड दिएका छन्।

नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले तत्काल नयाँ पार्टी गठन गर्नुभन्दा पनि पार्टी एकतामै जोड दिँदै आएका छन्।

यी प्रभावशाली नेताले पार्टी विभाजन गर्न नहुनेमा जोड दिएपछि नेपालले अब के गर्ने भन्ने बारेमा निर्णय गर्न सकेका छैनन्। आजको भर्चुअल बैठकमा यसबारेमा छलफल हुने नेताहरुले बताएका छन्।