आइतबार थोरै ठाउँमा हल्का वर्षाको संभावना : मंगलबारसम्मको मौसम कस्तो ?

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । आइतबार पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमीसँगै स्थानीय वायुको प्रभावले आइतबार पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूको मौसम सामान्यतया सफा रहनेछ।

आइतबार राति प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य स्थानमा सामान्यतया सफा रहनेछ।

यस्तै सोमबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ।

सोमबार राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी मंगलबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ।

मंगलबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।