विश्व वातावरण दिवसमा तुलसी खेती

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



पोखरा, २३ जेठ। विश्व वातावरण दिवसकाे अवसरमा पोखरा महानगरपालिका ३३ काे भरतपोखरीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्यमा “खाद्य हरयिाली सहर कार्यक्रम” अन्तर्गत तुलसी खेती शुरू गरिएकाे छ ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले तुलसीको बिउ छरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । उक्त स्थानमा तीन वटा टडेंलमा दुई किलो तुलसीको बिउ छरिएकाे बताइएकाे छ ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करीव दुई सय घरलाई प्रति घर ५० वोटा तुलसीका बिरुवा बितरण गर्ने र उनीहरुलाई तुलसी खेती प्रति आकर्षण गर्ने याेजना रहेकाे बताइएकाे छ । बिरुवा रापेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले लिने छ ।

तुलसीको पत्ताबाट चिया र तुलसी बिउको माग अत्याधिक रहेकोले उत्पादन पछि बजारको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताए । तुलसी महत्वपूर्ण बिरुवा हो थाहा थियो तर खेती नै गरिन्छ भन्ने अहिले थाहा पाएकोले आँफु र बन उपभोक्ता समुहका सबैलाइ यसमा जेडीन आव्हान गर्ने र सक्दो सहयोग गर्ने गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुहका अध्यक्ष निलराज आचार्यले बताए ।

उक्त तुलसी खेती आरम्भ कार्यक्रममा दल बहादुर भुजेल, टेकनाथ आचार्य,भुजु कुमारी भुजेल, मन्जु आचार्य, दिलीप कार्की लगायत सहभागी थिए ।