प्राइम बैंकका अध्यक्ष श्रेष्ठले गरे सपथ ग्रहण

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । प्राइम बैंकको संचालक समितिको अध्यक्षमा पुनः राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिईएको छ । आज नेपाल राष्ट्र बैंकमा आयोजना गरिएको एक समारोहबीच गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक तथा बैंकका कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिति रहेको थियो ।

बैंक संचालक समितिको जेठ १४ गते बसेको ४२२ औं बैंठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको महाप्रबन्धक संजीब मानन्धरले जानकारी दिएका छन् ।