प्रिन्सिपल, शिक्षक र कर्मचारीका लागि एक महिना निःशुल्क अनलाइन परामर्श

-


     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्टिृय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) र मिदास टेक्नोलोजिज् प्रा.लि.ले घरमै बसेर एक महिनाको लागि निःशुल्क स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

निषेधाज्ञाको समयमा स्वास्थ्यसम्बन्धी उपचार वा परामर्श नपाएर हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमै बसेर मेरो डक्टर अनलाइन भिडियो सन्सल्टेसन सर्भिसको व्यवस्था मिलाईएको हो ।

मिडास टेक्नोलोजीज् प्रा.ली ले संचालनमा ल्याएको मेरो डक्टर टेलिमेडिसिन सेवामा २०० भन्दा बढी विशेषज्ञ चिकित्सक नियमित रुपमा भिडियोमार्फत परामर्श दिनका लागि उपलव्ध हुने जानकारी दिईएको छ ।