पत्रकारलाई चाँडो खोप व्यवस्था गरिने

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । नेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी ३ हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।

महासङ्घको टोलीले आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह गर्‍याे।

सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईंको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो ।