
काठमाडौं, २४ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले सिराहाकाे कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।
आइतबार माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्रि कल्याणपुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन ।
बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।
माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत बर्षदेखि कोरोना भाईसरसको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुर्याउने उद्धेश्यकासाथ नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय संघ, संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



