
काठमाडौं, २५ जेठ। सामाजिक संजालको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्नेलाई कारवार्ही गर्ने प्रहरीले चेतावनी दिएको छ।
पछिल्लो समय सामाजिक संजालको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै प्रहरीले कारवार्ही गर्ने चेतावनी दिएको हो।
फेसबुक, टिकटक, युट्यूव लगायतका सामाजिक सञ्जालमा व्यक्तिको तस्बिर, भिडियोको दुरुपयोग गरेर कसैप्रति घृणा वा द्धेष फैलाउने काम भएको भन्दै प्रहरीले कारवार्ही गर्ने चेतावनी दिएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले निकालेको सूचनामा संक्रमणकालिन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यले विभिन्न सामग्री बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएले त्यस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको छ।
यस्तै त्यस्ता गतिविधि गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही हुने पनि विज्ञप्तीमा उल्लेख छ।







ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



