
पोखरा, २५ जेठ । अनलाइन पत्रकार सङ्घ, गण्डकी प्रदेशले ६० वर्ष पुगेका पत्रकारलाई निवृत्त भत्ताको व्यवस्था गर्न मागसहित आज गण्डकी प्रदेश सरकारलाई ध्यानार्कषण गराएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री रामशरण बस्नेतलाई सङ्घका अध्यक्ष कमल सुवेदीसहितको टोलीले आर्थिक एवं मार्फत बजेटमा सञ्चार र पत्रकारिता क्षेत्रका विषयमा समावेश हुनुपर्ने विषयमा सुझाव दिएको हो ।
ध्यानार्कषणपत्रमा अनलाइनको दर्ता र नवीकरणलाई थप सहज बनाउन सम्बन्धित जिल्लामा भएको व्यवस्थालाई सहजीकरण गर्न कम्पनी रजिस्ट्रारको कार्यालय सम्बन्धित जिल्लामा नै व्यवस्था गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
अहिलेको अनलाइन र संचार माध्यमको सूचीकरण प्रेस काउन्सिल नेपालमा गर्नुपर्ने व्यवस्था अव्यवहारिक, झन्झटिलो र सङ्घीयताको मर्म विपरित भएको हुँदा प्रदेशका कार्यालयमा नै सोको व्यवस्था गर्न माग गरिएको छ । गण्डकीमा सञ्चालित स्वरोजगारमुलक अनलाइन र मिडियाको संरक्षण तथा पत्रकारिता तालीम, विशेष कोषलगायका लागि विशेष नीति तर्जुमा गर्नसमेत आग्रह गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
मागपत्र बुझ्दै मन्त्री बस्नेतले ती विषयवस्तुलाई अध्ययन गरी उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोरोना सङ्क्रमणकालीन अवस्था भएकाले सकेसम्म पत्रकार र पत्रकारिताका क्षेत्रमा सक्दो सहयोग गर्ने बताए ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



