
काठमाडौं, २७ जेठ । नेपाल हेल्थ कप्र्सले कोरोना महामारी नियनत्रणका लागि विभिन्न कार्यहरु गरेको छ । आर्ट अफ लिभिङ लगायतका अन्य संस्थासमेतको सहकार्यमा यस संस्थाले नेपालभरी ३३ वटा कोभिड सेन्टरमा सहयोग कक्षको स्थापना गरेको छ ।
यस संस्थाले महामारी नियन्त्रणका लागि सहयोग पुग्ने भन्दै ‘टास्क फोर्स’ को योजना समेत तयार पारेको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरु समेत आवद्ध रहेको यस सामाजिक संस्थाले कोरोनाको त्रास फैलिएसँगै मानवकल्याणका लागि विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको संस्था काकार्यकारी निर्देशक डा. प्रदिश पौडेल बताउँछन् । यस कार्यक्रम अन्तर्गत २५ विशेषज्ञ डाक्टर, ३८ मेडिकल अफिस, स्वयमसेवक लगायतको समूहले निरन्तर रुपमा आवश्यक सहयोग गर्दै आएको कार्यक्रम संयोजक डा. एशिका थापाले बताइन् । यस्तो सहयोका कार्यक्रमहरुलाई निरन्तरा दिइरहने उनले बताइन् ।
कार्यकारी निर्देशक पौडेलका अनुसार कोरोनाबाट समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि छुट्टै टास्क फोर्स गठन गर्ने संस्थाको तयारी छ । आर्ट अफ लिभिङको साझेदारीसँगै केन्द्र तथा स्थानीय संस्थाहरुसंग समन्वय गरी समयसापेक्ष सहयोगका कार्यक्रमहरु अघि बढाउने उनले बताए ।
के–के हुन्छ सहयोग ?
कार्यकारी निर्देशक पौडेलका अनुसार कोरोना संक्रमणका कारण आर्थिक अवस्था कमजोर भएकालाई पौष्टिक आहारको व्यवस्था गर्ने, औषधि उपचारमा सहयोग साथै यस परिस्थितिले सिर्जनाभएको त्रासलाई निर्मुल पार्न जोड दिइनेछ ।
बिरामी एवम् चिकित्सकको मनोबल बढाउनुका साथै कार्यक्रम सफल बनाउन एनएचसी टास्कफोर्सले काम गर्ने उनले बताए । जेठ १० गतेदेखि नै देशभरका विभिन्न ३३ कोभिड सेन्टरमा टास्कफोर्सले काम गरिरहेको छ ।
यहाँ कम्तिमा पनि सात जनाको टोली बनाइएको संयोजक थापाले बताइन् । उनका अनुसार गठन भएका टोलीलाई कार्यतालिका विवतरण गरिएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका संस्थाका एम्बासडर, क्षेत्रीय संयोजकहरुले समन्वय गरेर काम गरिरहेका छन् । यस अभियान अन्तर्गत न्यूनतम तलबमा रातदिन खटिरहनुभएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यकता अनुसार पीपीई, मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री उपलब्ध गराइने संस्थाले बताएको छ ।
यसैगरी कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका वा संक्रमित भई घरमै बसेका बिरामीका लागि टेलिफोनबाट स्वास्थ्य परामर्श दिने, हरेक व्यक्तिले घरमै बसीबसी चिकित्सकसंग निःशुल्क परामर्श लिनसक्ने, एम्बुलेन्स, अक्सिजन तथा बेडहरु आवश्यकता अनुसार बिरामीलाई जानकारी गराइनने बताएको छ ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



