तीन दिनको मौसम पूर्वानुमान : धेरै ठाउँमा वर्षा हुने

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ। अबको तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

पूर्वी, पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले अबको तीन दिन देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार एकदुई ठाउँमा भने ठूलो पानी पर्ने देखिएको छ। जसअनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।

यस्तै शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना छ।

यसैगरी शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भावना छ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भजे भारी बर्षाको पनि संभावना रहेको छ।

यस्तै आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी, लम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुइ स्थानमा भारी बर्षाको समेत सम्भावना छ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २ र लम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ।