सिभिल बैंक सीईओमा सुनिल पोखरेल नियुक्त

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल पोखरेल नियुक्त भएका छन्। बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो।

गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो । उनी २०७६ जेठ २ मा डेपुटी सीईओमा भएका थिए।

पोखरेलले साविक एनआईसी, नविल, स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन्। उनी ३० वर्षकाे बैंकिङ करियरकाे अनुभबी हुन।