हाइटेन्सनको तारमा छुँदा गाडीमा आगो लाग्यो : दुईको मृत्यु, एक घाइते

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित


प्रतिकात्मक तस्वीर


काठमाडौं, २८ जेठ। सोलुखुम्बुको पत्तालेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शुक्रबार बिहानै सोलु हाईड्रोपावर ८६ मेगावाटको क्रेन लोड गरेर आएको लोबेडले हाइटेन्सनको तारमा छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार मृतकको परिचय खुल्न बाँकी छ।

लोबेडमा सवार ४ जनामध्ये दुई जनाको मृत्यु भएको, एक जना घाइते भएको र अर्का एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ।

हाइटेन्सनको होचो तारलाई क्रेनले छुँदा दुर्घटना भएको हो।