चलचित्रकर्मी चेतन कार्कीको निधन

-



     सफल आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित



पोखरा, २ जेठ । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंमा निधन भएको हो ।

गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि वीरेन्द्र सैनिक अस्पताल काठमाडौमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा गत साता कोरोना संक्रमण पुष्टि भएको थियो ।

चलचित्रकर्मीसहित कवि, गीतकार एवं उपन्यासकारको फराकिलो परिचय बनाएका कार्कीको जन्म स्याङ्जाको आरुखर्कमा भएको हो । उनी धेरै भाषामा ज्ञाता थिए ।

उनले करिब ५० बढी फिल्ममा कथा, पटकथा, संवाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखन गरेका छन् । उनका श्रीमती र २ छोरा छन् ।