
पाेखरा,२ जेष्ठ । काभ्रे जिल्लामा जन्मेर हाल पाेखरामा बसाेबास गर्ने काभ्रेलीहरूकाे संस्था काभ्रे पोखरा मिलन समाजले लेखनाथमा निर्माणाधिन लायन्स काेभिड अस्पताललाई ६० हजार सहयाेग गर्ने भएकाे छ । समाजकाे २१औं बार्षिकाेत्सवका अवसरमा याे सहयाेग गर्न लागिएकाे हाे ।
कास्की लेखनाथ स्थित साबिक लेखनाथ नगरपालिका भबनमा पाेखरा महानगरपालिकासंगकाे सहकार्यमा निर्माण हुन लागेकाे १०० बेडकाे उक्त लायन्स काेभिड अस्पताललाइ रू ६० हजार आर्थिक सहयाेग गरिएकाे र उक्त रकम भाेली साेमबार लायन्स काेभिड अस्पताल निर्माण सहयाेग संकलन समितिका संयाेजक माेहनबाबु खड्कालाइ हस्तान्तरण गरिने समाजका अध्यक्ष केदारनाथ श्रेष्ठ “अनिल”ले जानकारी दिए । उक्त काेभिड अस्पताल महानगरले ब्यबस्थापन गर्ने गरी यसैसाता सुरू हुदैछ ।

कोभिडको महामारिले हस्पिटलमा बेड र अक्सिजनको अभावमा धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनुपरिरहेको बर्तमान अवस्थामा सानाे भएपनि सेवाकाे कार्य गर्ने उदेश्यले काभ्रे पोखरा मिलन समाजको २१औ स्थापना दिवसका अवसरमा लायन्स काेभिड अस्पतालका लागी याे सहयाेग गर्न लागिएकाे काभ्रे पोखरा मिलन समाजका सचिब रामकुमार लामिछानेले बताए । आज जेठ २ गतेबाट काभ्रे समाज २१ बर्षमा प्रबेश गरेकाे छ ।
लायन्सकाे आर्थिक सहयाेग तथा पाेखरा महानगरपालिकासंगकाे सहकार्यमा निर्माण हुन लागेकाे उक्त कोभिड अस्पताललाइ समाजले २ बेड बराबरको सहयोग गरेकाे र भबिश्यमा पनि यस्ता सहयाेगलाइ निरन्तरता दिइने समाजका महासचिब कालीप्रसाद मैनालीले बताए । याे पुण्य कार्यमा सहयाेग गर्ने सबैलाइ समाजका अध्यक्ष केदारनाथ श्रेष्ठ “अनिल”ले धन्यबाद दिए ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



