
काठमाडौं, ३ जेठ । प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको वैशाख ३० गते बसेको जुम बैठकबाट विसं २०७७ को सम्मान श्रेष्ठ र विसं २०७८ को सम्मान चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष डा केदारनरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप दुई वर्षको सम्मान दुई जनालाई प्रदान गर्न लागेको जानकारी दिए । सम्मानको राशि जनही रु २५ हजार र कदरपत्र रहेको छ । सो सम्मानका लागि समाजले रु १० लाखको अक्षयकोष स्थापना गरेको थियो ।
समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गते प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने अध्यक्ष केसीले बताए ।
विसं २०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन् ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



