काठमाडाै, ३ जेठ । वर्तमान सरकार गठनपछि साेमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने जनाइएको छ ।
कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिइन्।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



