
सांकेतिक फाेटाे
मध्यपुर थिमी, ६ जेठ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोभिड युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उनले बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्लान्ट सञ्चालन गर्न लागेको बताए । सहकारी संस्थाले आफ्ना सदस्यका लागि सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गर्न समेत उहाले आव्हान गरे ।
गत वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन भएकामा हालसम्म ११६ जना सङ्क्रमितलाई उपचार सेवा दिइसकेको कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्य रहेको बताउँदै आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टका लागिसहयोग गर्ने बताए । उनले जिल्ला बचत सङ्घको सामुदायिक विकास कोषको रु. १ लाख प्लान्टका लागि हस्तान्तरण गरे ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



