जनमोर्चाका सांसद थापालाई कारबाही

-



     सफल आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित



पोखरा, ८ जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापाले विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप अस्वीकार गरेको र मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको पक्षमा खुलेर लागिपरेको भन्दै निलम्बन गरिएको पार्टी महासचिव मनोज भट्टले बताए । भट्टका अनुसार थापालाई अझ थप कारबाहीको प्रक्रिया समेत चलिरहेको छ ।

प्रदेशसभामा संसदीय दलको नेताबाट उनलाई यसअघि नै हटाइसकिएको थियो ।