
पोखरा, ९ जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएको छ । सडक विभागले सुरुङ खन्नका लागि आइतबार ४५ दिने ग्लोबल टेन्डर आह्वान गरेपछि सुरुङमार्ग निर्माण निश्चित भएको हो ।
सडक विभागका उपमहानिर्देशक विजय जैसीका अनुसार सुरुङमार्गको योजना अर्थमन्त्री विष्णु पौडेलले ल्याएका हुन् । वर्षायाममा सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने स्थानीयको विश्वास छ ।
स्वीस टिमले गरेको डिजाइन आधारमा टेन्टर आह्वान गरिएको हो । जसमा १ किमी १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको जाली रहन्छ । ५ वर्ष निर्माण अवधि रहेको सुरुङमार्गको लागि अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ।







ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



