विपक्षीहरुद्वारा भोलिमात्र रिट दायर

-



     सफल आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरुले सर्वोच्च अदालतमा आइतवार रिट दर्ता गर्ने तयारी रहेपनि आज रिट दर्ता नहुने भएको छ ।

रिट तयार गर्दा गर्दै समय नपुगेकाले आज रिट दर्ता गर्न नभ्याइएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेर अधिवक्ताहरूले रिट तयार गरेका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बिहान रिट दर्ता गरिने जानकारी गराए । अधिवक्ता गोविन्द बन्दी, सतीशकृष्ण खरेल, मुक्ति प्रधान योगेन्द्र कार्की लगायतले रिट तयार गरिरहेका छन् ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कांग्रेस नेता रमेश लेखक र माओवादी केन्द्रका देव गुरुङ लगायत बसेर रिट तयार गरिरहेको एक नेताले जानकारी दिए ।