
पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोरोना संक्रमणका कारण २० दिनदेखि उपचाररत ६२ वर्षीय कर्माचार्यको बिहीबार बिहान काठमाडौंमा निधन भएको हो ।
कोरोना संक्रमणपछि निमोनियाले ग्रस्त कर्माचार्यलाई ३ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
पोखराको सामाजिक सेवामा ठूलो योगदान पुर्याएका कर्माचार्यले पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा १२ वर्ष कार्यसमितिमै रहेर सेवा गरेका थिए । उनी २ कार्यकाल महासचिव बन्दै १० वर्षअघि अध्यक्षमा निर्वाचित भएका थिए । साथै लायन्स क्लबमा पनि उतिकै सक्रिय थिए ।
कामकै सिलसिलामा काठमाडौं रहेका उनलाई त्यहाँ कोरोना पुष्टि भएपछि पोखरा आउन पाएका थिएनन् । उनको परिवारका सदस्यहरुलाई पनि कोरोना देखिएकोमा अरु भने कोरोनामुक्त रहेको परिवारजनले जनाएको छ ।
तत्कालीन हिमचुली विकास बैंकका अध्यक्ष उनी हाल लुम्बिनी इन्स्युरेन्सका संचालक थिए । उनको बाबुवाजेले पोखरामा कपडा व्यवसाय थालेका थिए । स्व. कर्माचार्यको नेपाली सेनाले काठमाडौंमै अन्येष्टि गर्ने भएको छ ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



