
काठमाडौं, १३ जेठ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना सङ्क्रमणकाे समयमा सकारात्मक समाचारलाई उच्च प्राथमिकता दिन सञ्चारकर्मीसँग आग्रह गरे । उनले भने, “महामारीको समयमा सकारात्मक समाचारले नागरिकको मनोवल उच्च बनाउन सहयोग गर्छ ।”
महासङ्घ वाग्मती प्रदेश समितिले आज आयोजना गरेको ‘वर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पालना र सञ्चारकर्मीको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा उनले कोरोना कहरकाबीच सञ्चारकर्मीले निर्वाह गरेकाे भूमिका अहं छ भने । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएका काम नागरिकलाई जानकारी गराउँदै पत्रकार आचारसंहितको पूर्ण पालना गर्नमा सम्पूर्ण पत्रकार लाग्नुपर्ने बताए ।
महासङ्घका महासचिव रोशन पुरीले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचार र राहतमा महासङ्घले सहयोग गर्ने जानकारी दिए । महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, सुनिल खड्का, वाग्मती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेलगायतले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचारमा राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले नुवाकोटको शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमितको संख्या बढेपछि सहयोग गरिएको जनाइएको छ । संस्थाका अध्यक्ष शोभा प्रधान श्रेष्ठले खरिद गरेकाे उक्त सामाग्री संस्थाका सल्लाहकार राजबाबु पाण्डेले गाउँपालिकाका प्रमुख रामकृष्ण थापालाई आज हस्तान्तरण गरे ।
हस्तान्तरित सामाग्रीमा १०० थान एन्टीजिन किट, ५०० एमएलको स्यानिटाइजर २०, स्प्रे स्यानिटाइजर २४ , के एन ९५ माक्स ३०० र पञ्जा एकहजार छन् । कार्यक्रममा समाजसेवी पाण्डेले आगामी दिनमा पनि शिवपुरीको विकास र विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



