
काठमाडौं, १४ जेठ । सरकारले शुक्रबारदेखि निषेधाज्ञामा कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहर नियन्त्रणका लागि गरिएको निषेधाज्ञा शुक्रबारदेखि थप कडाइ गरिएको हो ।
सामाजिक दूरी कायम नगर्ने र संक्रमणको जोखिम बढ्दै जाने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा शुक्रबारदेखि एकसाता खाद्य, किराना र डिपार्टमेन्टल स्टोर पनि खोल्न नदिने निर्णय गरेको छ ।
यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नका पसलका साथै डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। पसल र स्टोरहरु बन्द रहेपनि तरकारी, माछा, मासु, दुध लगायतका पसलहरु भने संचालन गर्न पाइनेछ।
खाद्यान्नका पसलदेखि डिपार्टमेन्ट स्टोरसमेत खोल्न नदिने निर्णयको विरोध बढेपछि प्रशासनले निषेधाज्ञा अवधिभर खाद्यान्न आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा फोन गर्न अनुरोध गरेको छ ।
अत्यावश्यक सामान फोन मार्फत मगाउन सकिने भन्दै प्रशासनले फोन नम्बर उपलब्ध गराएको छ । ति नम्बरमा फोन गरेपछि स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रीको व्यवस्था मिलाइएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
प्रशासनले दुवै निकायको प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीको फोन नम्बरसमेत उपलब्ध गराउँदै जुनसुकै बेला फोन गर्न सकिने जनाएको छ ।







ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



