प्रधानमन्त्री ओलीले आज ४ बजे सम्बोधन गर्दै

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। उनले आज शुक्रबार दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको हो।

सम्बोधन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हुनेछ। जेठ १५ गते अध्यादेशमार्फट बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ। उक्त सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।